June 19, 2026, Friday
२०८३ असार ६
Nepal 1:37:26 pm
Trending

एक किलो ब्राउन सुगरसहित कारोबारी पक्राउ,पिंगलास्थानमा प्रहरीले चलायो गोली

505

कल्की संवाददाता
२०८२ चैत्र २४

काठमाडौँ । राजधानीको पिंगलास्थान क्षेत्रमा आज लागु औषध कारोबारीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाएको छ । लागु औषध नियन्त्रण ब्युरोको विशेष टोलीले चलाएको गोली लागेर एक जना कारोबारी घाइते भएका छन् भने उनको साथबाट लागु औषध बरामद भएको छ ।

ब्युरोको टोलीले लागु औषधको कारोबार हुन लागेको सूचनाको आधारमा कारोबारीलाई पक्राउ गर्न पिंगलास्थान पुगेको थियो । सोही क्रममा कारोबारीलाई नियन्त्रणमा लिन खोज्दा प्रहरीले गोली चलाउनु परेको स्रोतले जनाएको छ । प्रहरीको गोली लागेर सामान्य घाइते भएका ती व्यक्तिलाई नियन्त्रणमा लिइएको छ ।

प्रहरीले घटनास्थलबाट अन्दाजी एक किलोग्राम अवैध लागु औषध ब्राउन सुगर बरामद गरेको छ । घटनापछि थप अनुसन्धान र सुरक्षाका लागि जिल्ला प्रहरी परिसर, काठमाडौँको टोली पनि घटनास्थलमा खटिएको छ ।