April 21, 2026, Tuesday
२०८३ बैशाख ८
Nepal 1:37:26 pm
Trending

इरानी बन्दरगाहमा अमेरिकी नाकाबन्दी, तेलको मूल्यमा भारी वृद्धि

315

कल्की संवाददाता
२०८२ चैत्र ३०

काठमाडौँ । अमेरिकाले सोमबारदेखि इरानी बन्दरगाहमा नाकाबन्दी गर्ने घोषणा गरेसँगै कच्चा तेलको मूल्यमा तीव्र वृद्धि देखिएको छ। प्रारम्भिक कारोबारमा अमेरिकी कच्चा तेल ८ प्रतिशतले बढेर प्रति ब्यारेल १०४.२४ डलर पुगेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । अन्तर्राष्ट्रिय बेन्चमार्क ब्रेन्ट कच्चा तेल ७ प्रतिशतले बढेर प्रति ब्यारेल १०२.२९ डलर पुगेको छ।

धेरै वरिष्ठ इरानी अधिकारीहरूले हर्मुज जलमार्ग नाकाबन्दीको अमेरिकी धम्कीलाई स्पष्ट रूपमा अस्वीकार गरेका छन् । इरानी मिडियाका अनुसार, नौसेना प्रमुख एडमिरल शाहराम इरानीले ट्रम्पको धम्की हास्यास्पद भएको र इरानी सेनाले यस क्षेत्रमा हुने हरेक अमेरिकी सैन्य गतिविधिलाई नजिकबाट निगरानी गरिरहेको बताएका छन्।

यसअघि अमेरिकी केन्द्रीय कमाण्ड (सेन्टकम)ले अप्रिल १३ देखि इरानी बन्दरगाहमा प्रवेश गर्ने र बाहिर निस्कने सबै जहाजमा नाकाबन्दी लगाउने बताएको छ। यो कार्य राष्ट्रपतिको आदेशअनुसार शुरू हुनेछ।सेन्टकमका अनुसार, यो नाकाबन्दी इरानी बन्दरगाह वा तटीय क्षेत्रहरूमा प्रवेश गर्ने वा प्रस्थान गर्ने सबै देशका जहाजहरूमा समान रूपमा लागू हुनेछ ।