April 26, 2026, Sunday
२०८३ बैशाख १३
Nepal 1:37:26 pm
Trending

इरानले जारी युद्ध अन्त्य गर्न तीन वटा मुख्य सर्त अघि सार्यो

490

कल्की संवाददाता
२०८२ फाल्गुन २८

काठमाडौँ । इरानले जारी युद्ध अन्त्य गर्न तीन वटा मुख्य सर्त अघि सारेको छ । इरानी राष्ट्रपति मसूद पेजेश्कियानले युद्ध रोक्नका लागि अन्तर्राष्ट्रिय समुदायले केही आधारभूत सर्त स्वीकार गर्नुपर्ने बताएका छन् ।

उनका अनुसार पहिलो सर्त इरानका कानुनी अधिकारलाई अन्तर्राष्ट्रिय रूपमा मान्यता दिनु हो । दोस्रो, युद्धका कारण इरानले भोगेको क्षतिको क्षतिपूर्ति दिनुपर्ने उनले बताएका छन् ।

तेस्रो सर्तका रूपमा उनले भविष्यमा इरानमाथि पुनः आक्रमण नहुने गरी बलियो अन्तर्राष्ट्रिय प्रत्याभूति दिनुपर्ने माग गरेका छन् । राष्ट्रपति पेजेश्कियानले यी तीन सर्त स्वीकार गर्नु नै युद्ध अन्त्य गर्ने एक मात्र उपाय भएको बताएका छन्।