April 21, 2026, Tuesday
२०८३ बैशाख ८
Nepal 1:37:26 pm
Trending

इरानको मिसाइल प्रहारबाट इजरायलमा दुईको मृत्यु

520

कल्की संवाददाता
२०८२ चैत्र ४

काठमाडौँ — इरानले मंगलबार राति इजरायलको राजधानी तेल अविव र आसपासका क्षेत्रमा मिसाइल प्रहार गरेको छ। स्थानीय प्रहरीले एक मिसाइल आक्रमणमा दुई जनाको मृत्यु भएको जनाएको छ।

इजरायलको एम्बुलेन्स सेवाका एक कर्मचारीका अनुसार एक भवनबाट धुवाँ निस्किरहेको अवस्थामा दुई जनाको शव फेला परेको थियो। पछि एक चिकित्सकले तेल अविवको पूर्वी क्षेत्रमा एक पुरुष र एक महिलाको मृत्यु भएको पुष्टि गरेका थिए। उनीहरूलाई मिसाइलका टुक्राबाट गम्भीर चोट लागेको थियो।