June 16, 2026, Tuesday
२०८३ असार २
Nepal 1:37:26 pm
Trending

आबुँखैरेनीमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

1.1K

कल्की संवाददाता
२०८२ माघ १०

तनहुँ। पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आबुँखैरेनी गाउँपालिका–२ नारीघाटमा मिनी ट्रकको ठक्करबाट शुक्रबार राति एक जना पैदलयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा गोरखा नगरपालिका–१४ बस्ने ६० वर्षीय दलबहादुर थापा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

डुम्रेतर्फबाट आबुँखैरेनीतर्फ जाँदै गरेको बा प्र ०३–००१ क ०२६८ नम्बरको मिनी ट्रकको ठक्करबाट घाइते थापाको चितवनस्थित चितवन मेडिकल कलेजमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए। ठक्करबाट गम्भीर घाइते भएका थापाको टाउकोमा चोट लागेको थियो। पैदलयात्रीलाई ठक्कर दिई भागेका चालक मकवानपुर, सरीखेत पलासे गाउँपालिका–१ निवासी २९ वर्षीय बाबुलाल लोलाई नियन्त्रणमा लिएको छ।