सोमालियामा भोकमरीको संकट, इरान युद्धको गहिरो असर
काठमाडौँ । इरानसँग जोडिएको युद्धको असर अब अफ्रिकी देश सोमालियासम्म पुगेको छ । समुद्री मार्ग अवरुद्ध भएपछि आवश्यक खाद्य सहायता ढिलो पुग्न थालेको र त्यहाँ भोकमरीको संकट झन् गहिरिएको बताइएको छ । रिपोर्टका अनुसार युद्धका कारण समुद्री आपूर्ति प्रणाली प्रभावित हुँदा सोमालियामा खाद्यान्न र औषधिको अभाव बढेको हो । विशेषगरी गम्भीर कुपोषणबाट पीडित बालबालिकाका लागि पठाइने...