तान्जानियामा ‘फ्यामिली क्याबिनेट’: मन्त्री बन्न जन्मेपछि केही गर्नै नपर्ने देशको नयाँ रेकर्ड!
तान्जानिया—राष्ट्रपतिले मन्त्रीमण्डलको पुनर्गठन गर्दै सरसर्ती हेर्दा देशभरि योग्य ६० लाख जनतामध्ये सबैभन्दा योग्य आफ्नै घर–परिवारमै भेटिएको घोषणा गरेपछि तान्जानियामा अहिले “क्याबिनेट कि कौटुंबिक भेल?” भन्ने बहस छेडिएको छ। नयाँ मन्त्रीमण्डल सार्वजनिक होतै विदेशीसम्म चकित परे। परराष्ट्र मन्त्रालयमा दाइ, गृह मन्त्रालयमा भाइ, अर्थ मन्त्रालयमा आफ्नै छोरा, कृषि मन्त्रालयमा जेठानी, स्वास्थ्य मन्त्रालयमा श्रीमती, सूचना मन्त्रालयमा साली— पूरै...