June 16, 2026, Tuesday
२०८३ असार २
Nepal 1:37:26 pm
Trending

नेपाली कांग्रेसको नेपाल दलित संघको अध्यक्षमा विपेन्द्र रामुदामु नियुक्त

60

कल्की संवाददाता
२०८३ असार २

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल दलित संघको अध्यक्ष पदमा चितवनका विपेन्द्र रामुदामुलाई नियुक्त गरेको छ ।

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको वैशाख २१ गतेको बैठकको निर्णयअनुसार पार्टी सभापति गगनकुमार थापाले कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा ४२ (१) (च) बमोजिम रामुदामुलाई नियुक्ति गरेका हुन् ।

नवनियुक्त अध्यक्ष रामुदामुलाई तोकिएको समयभित्र संगठनको महाधिवेशन सम्पन्न गर्ने जिम्मेवारी दिइएको छ । साथै, महाधिवेशनको तयारी लागि ११ बुँदे कार्यादेश र कार्यविवरणसमेत प्रदान गरेको कांग्रेसले जनाएको छ ।