कल्की संवाददाता काठमाडौँ । हुलाकी सडकअन्तर्गत कपिलवस्तुमा सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । जिल्लाको कपिलवस्तु नगरपालिका-१२ पिप्रराहवामा रोकिराखेको ट्रकसँग भारतीय नम्बरको स्कारपियो ठोक्किँदा दुई जनाको मृत्यु भएको हो । दुर्घटनामा ३ जना घाइते भएका छन् ।
बहादुरगंजबाट तौलिहवातर्फ आउँदै गरेको गरेको यूपी ३२ सीए ८३४३ नम्बरको स्कारपियो साइड लगाइराखेको लु १ ख ९५४९ नम्बरको ट्रकमा ठक्कर खाँदा कपिलवस्तु महाराजगञ्ज नगरपालिका-११ का ५० वर्षका राधेश्याम कुर्मी र शिवराज नगरपालिका ६ का ५५ वर्षLया चिन्नी कुर्मीको निधन भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख एसपी सन्तोष आचार्यले जानकारी दिए ।
शनिबार साँझ भएको दुर्घटनामा जिल्लाको महाराजगञ्ज नगरपालिका ११ का ६५ वर्षिया नन्दप्रसाद दुबे, शिवराज नगरपालिका १० का २८ वर्षिया मोतिलाल कुर्मी र शिवराज ११ बस्ने वर्ष २० सुरेश कुर्मी घाइते भएका छन् ।स्कारपियो अनियन्त्रित भई दुर्घटना भएको बताइएको छ ।







