April 21, 2026, Tuesday
२०८३ बैशाख ८
Nepal 1:37:26 pm
Trending

टी–२० सिरिजको दोस्रो खेल नेपाल र यूएईबीच आज हुँदै

220

कल्की संवाददाता
२०८३ बैशाख ८

काठमाडौँ । नेपाल र यूएईबीचको टी–२० सिरिजको दोस्रो खेल आज हुँदैछ । खेल काठमाडौंको कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा साँझ ५ बजे हुँदैछ । सिरिजको पहिलो खेलमा युएई विजयी भएको थियो । पहिलो खेलमा नेपाल यूएईसँग ६ विकेटले पराजित भएको हो ।

खेलमा वर्षा बाधक बनेपछि यूएईले ‘डिएल मेथड’का आधारमा १० ओभरमा ७८ रनको लक्ष्य पाएको थियो । जवाफमा यूएईले ८.५ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो ।​