April 21, 2026, Tuesday
२०८३ बैशाख ८
Nepal 1:37:26 pm
Trending

आज सुनको मूल्य तोलामा ७,८०० ले घट्यो

525

कल्की संवाददाता
२०८२ चैत्र ६

काठमाडौँ । शुक्रबार सुनको भाउ तोलामा सात हजार आठ सय रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघले दिएको जानकारीअनुसार घटेको मूल्यसँगै शुक्रबार सुन तोलामा दुई लाख ९४ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य पनि तोलामा ११५ रुपैयाँले घटेको छ । घटेको मूल्यसँगै चाँदी शुक्रबार प्रतितोला चार हजार ८९५ रुपैयाँले कारोबार भएको छ । तीन लाख ३९ हजार तीन सय रुपैयाँ पुगेको सुनको मूल्य पछिल्ला केही दिनदेखि निरन्तर घटिरहेको छ ।