April 18, 2026, Saturday
२०८३ बैशाख ६
Nepal 1:37:26 pm
Trending

विश्वकै पहिलो उडान क्षमता पूरागरि एटीआर–७२ जहाज बिदाइ

705

कल्की संवाददाता
२०८२ फाल्गुन २८

काठमाडौँ । बुद्ध एयरले आफ्नो कल साइन ९एन–एजेओ रहेको एटीआर–७२ जहाजलाई बिदाइ गरेको छ। पूर्ण उडान क्षमता पूरा भएपछि एटीआर–७२ जहाजको औपचारिक रूपमा बिदाइ गरिएको हो । एटीआर–७२ जहाजले विश्वमै पहिलो पटक तोकिएको अधिकतम् उडान चक्र पूरा गरी सेवाबाट अवकाश लिएको कम्पनीले जनाएको छ। एटीआर–७२ जहाजको अधिकतम उडान क्षमता ७२ हजार चक्र मानिन्छ। उडान चक्र भन्नाले जहाजको एक पटक उडान भरी गन्तव्यमा अवतरण गर्ने प्रक्रियालाई जनाइन्छ।

यो जहाज २०१० जुलाई २ देखि व्यावसायिक उडानमा सञ्चालनमा आएको थियो। यसको अन्तिम उडान २०२६ मार्च ९ मा भैरहवाबाट काठमाडौंसम्म गरिएको थियो। १६ वर्षको सेवा अवधिमा उक्त जहाजले कुल २४ लाख ८२ हजार ७ सय ७२ जना यात्रुलाई सुरक्षित रूपमा सेवा प्रदान गरेको कम्पनीले जनाएको छ। यसअघि बुद्ध एयरले एटिआर–४२ जहाजलाई २०२४ सेप्टेम्बर १० मा सेवाबाट बिदाइ गरिसकेको छ।