June 17, 2026, Wednesday
२०८३ असार ३
Nepal 1:37:26 pm
Trending

आज पनि सुन चाँदीको मूल्यमा उच्च वृद्धि

860

कल्की संवाददाता
२०८२ फाल्गुन १८

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य बढेको छ । नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार (फागुन १८) सुनको मूल्य ५६ सय रुपैयाँले बढेको हो ।

आजको मूल्यअनुसार, उपभोक्ताले एक तोला सुन खरिद गर्न तीन लाख २६ हजार १०० रुपैयाँ भुक्तानी गर्नुपर्ने हुन्छ । अघिल्लो दिन प्रतितोला ३ लाख २० हजार ५०० रुपैयाँमा किनबेच भएको थियो ।

यसैगरी, चाँदी ३५ रुपैयाँले बढेर ६ हजार २० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन प्रतितोला पाँच हजार ९८५ मा कारोबार भएको थियो ।