June 19, 2026, Friday
२०८३ असार ५
Nepal 1:37:26 pm
Trending

धादिङमा बस दुर्घटना, २७ को मृत्यु, २८ घाइते

620

कल्की संवाददाता
२०८२ फाल्गुन ११

धादिङ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ चरौदी नजिकै यात्रुवाहक बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ।

पोखराबाट काठमाडौं आउँदै गरेको ग२ ख १४२१ नं को बस त्रिशूली नदी किनारमा खसेको थियो। दुर्घटनामा ११ जना पुरुष र ६ जना महिलाको घटनास्थलमै मृत्यु भएको हो।

तीमध्ये एक महिला र एक पुरुष विदेशी नागरिक रहेका छन्। बसमा ४५ जना सवार रहेको बताइएको छ। २८ जना घाइतेको उद्धार गरी अस्पताल पठाइएको छ। घाइते सबैको पहिचान भने खुलिसकोके छ।