April 20, 2026, Monday
२०८३ बैशाख ८
Nepal 1:37:26 pm
Trending

ईभी हाइस दुर्घटना हुँदा बैतडीमा एकको मृत्यु

665

कल्की संवाददाता
२०८२ माघ २५

बैतडी —बैतडीको दोगडाकेदार–३ श्रीकोटस्थित घोणेधार भन्ने ठाउँमा ईभी हाइस दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ईभि चालक दोगडाकेदार गाउँपालिका–५ न्वाली बस्ने २५ वर्षीय मदन ठगुन्ना रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी एवं प्रहरी नायव निरीक्षक बल्देब बडूले जानकारी दिए ।

शनिबार राति पौनै १० बजे तिर सिल्लेगडाबाट बडिँयातर्फ गइरहेको सुपप्र ०३००१ ज ०६२४ नम्बरको ईभी हाइस दुर्घटना भएको थियो । दुघटनामा चालक ठगुन्ना घाइते भएका थिए ।