June 19, 2026, Friday
२०८३ असार ५
Nepal 1:37:26 pm
Trending

जेनजीका भावना सम्बोधन हुनुपर्छ भन्नेमा कांग्रेसभित्र कुनै द्विविधा छैन : नेता पौडेल

665

कल्की संवाददाता
२०८२ माघ २४

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले युवा पुस्ताको भावनाअनुसार आफ्नो पार्टी क्रियाशील रहेको बताएका छन् । नेपाली कांग्रेस तथा नेविसङ्घ लमजुङ–काठमाडौं सम्पर्क समितिले आज आयोजना गरेको ‘उम्मेदवार परिचयात्मक तथा निर्वाचन परिचालन समिति घोषणा सभा’मा उनले जेनजीका भावना सम्बोधन हुनुपर्छ भन्नेमा कांग्रेसभित्र कुनै द्विविधा नभएको बताए ।

महामन्त्री पौडेलले दोस्रो विशेष महाधिवेशनले कांग्रेसलाई सुदृढ बनाउनुका साथै निर्वाचनमा होमिन सहज भएको बताए । उनले कांग्रेसको नेतृत्वमा देशमा विकास–निर्माणका गतिविधि बढाउनुपर्ने बताए । त्यस अवसरमा कांग्रेसका पूर्वकेन्द्रीय सदस्य एवं संविधानसभा सदस्य दिलबहादुर घर्ती र पूर्वसहायकमन्त्री रामचन्द्र अधिकारीलाई सम्मान गरिएको थियो ।