कल्की संवाददाता काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले नेपाली युवाहरू विदेश जान नपर्ने गरी वातावरण बनाउने प्रतिबद्धता जनाएका छन् । काठमाडौं क्षेत्र नम्बर ४ मा शनिबार गरेको कार्यक्रममा बोल्दै उनले नेपाली युवाहरूलाई नेपालमै काम उपलब्ध गराउने भन्दै विदेश जान नपर्ने गरी वातावरण बनाउने प्रतिवद्धता व्यक्त गरेका हुन् ।
‘नेपाली युवाहरू अब विदेशमा भौतारिनु पर्दैन । हामी नेपालमै युवाहरूलाई रोजगारी दिलाउने छौं,’ उनले भने । काठमाडौंका फुटपाथमा सामान बेच्नेको भविष्य सुरक्षित हुने र कसैको बाँच्ने आधार नखोसिने उनले बताए । ‘काठमाडौंमा अब फुटपाथमा काम गरेर खाने मजदुरहरूको गाँस खोसिँदैन,’ उनले भने ।







