April 16, 2026, Thursday
२०८३ बैशाख ४
Nepal 1:37:26 pm
Trending

सुन तोलाको २ लाख ८४ हजार ७ सय

760

कल्की संवाददाता
२०८२ माघ ६

काठमाडौँ —आज एक तोला छापावाल सुनको मूल्य २ लाख ८४ हजार ७ सय पुगेको छ । त्यति नै चाँदीको मूल्य ५ हजार ८८० कायम भएको छ । गत आइतबार एक तोला सुन २ लाख ७८ हजार ८ सय र त्यति नै परिमाणको चाँदी ५ हजार ६२५ मा कारोबार भएको थियो । सोमबार सुन २ लाख ८२ हजार र त्यति नै परिमाणको सेतो धातु ५ हजार ८१० मा खरिदबिक्री भएको नेपाल सुन चाँदी व्यवसायी सङ्घले जनाएको छ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औंस सुन ४ हजार ६९० र त्यति नै परिमाणको सेतो धातु ९४ अमेरिकी डलरमा कारोबार भइरहेको छ । आर्थिक विश्लेषकहरूका अनुसार विश्व अर्थतन्त्रमा अनिश्चितता बढ्नु, मुद्रास्फीति र भूराजनीतिक तनावका कारण सुरक्षित लगानीका रूपमा माग बढेकाले सुन र चाँदीको मूल्य बढेको हो ।