April 20, 2026, Monday
२०८३ बैशाख ७
Nepal 1:37:26 pm
Trending

कैलालीमा लागुऔषध सहित एक जना पक्राउ

710

कल्की संवाददाता
२०८२ पुष २८

धनगढी । कैलालीबाट लागुऔषध खैरो हेरोइनसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले धनगढी उपमहानगरपालिका–३ त्रिनगर व्यारेल नजिकबाट लागुऔषधसहित कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ निवासी २८ वर्षीय हरिश विष्टलाई पक्राउ गरेको हो ।

आइतबार साँझ शंकास्पद अवस्थामा चेकजाँच गर्दा उनको साथबाट  २७ ग्राम ७६० मिलिग्राम खैरो हेरोइन, २२८ ट्याबलेट स्पास र २० ट्याबलेट नाइट्राभ्याट फेला पारेको जनाएको छ । विष्टलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।