April 22, 2026, Wednesday
२०८३ बैशाख १०
Nepal 1:37:26 pm
Trending

इजिप्ट र नाइजेरिया क्वाटरफाइनलमा, मोजाम्बिक भने नकआउट

865

कल्की संवाददाता
२०८२ पुष २२

काठमाडौँ —मोहमद सलाहले अतिरिक्त समयको अन्त्यतिर गरेको गोलको मदतले इजिप्टले अफ्रिकी कप अफ नेसन्समा सोमबार बेनिनलाई ३–१ ले पराजित गर्दै क्वाटरफाइलन यात्रा तय गरेको छ ।

निर्धारित समयको खेल बराबरीमा टुंगेपछि इजिप्टका लागि यासिर इब्राहिमले गोल गर्दै अग्रता दिलाएका थिए । भिक्टर ओसमनको दुई गोलको मदतले नाइजेरियाले मोजाम्बिकलाई सजिलै ४–० हराएर अन्तिम आठमा आफ्नो स्थान सुरक्षित गरेको छ ।

इजिप्ट प्रतियोगिताकै इतिहासको सबैभन्दा सफल टिम रहेको छ र उसले कीर्तिमान सात पल्ट उपाधि जितेको छ । तर सन् २०१० यता इजिप्ट च्याम्पियन भएको छैन् ।

मोजाम्बिक भने प्रतियोगिताकै इतिहासमा पहिलो पटक नकआउट चरणको अनुभव बटुलेर घर फर्किनेछ । अहिलेसम्म माली, सेनेल, क्यामरुन र आयोजक मोरक्को पनि अन्तिम आठमा पुगिसकेको छन् ।