June 18, 2026, Thursday
२०८३ असार ५
Nepal 1:37:26 pm
Trending

कांग्रेस प्रतिनिधिहरूलाई विशेष महाधिवेशनको लागि काठमाडौँ आउन महामन्त्री थापाको आग्रह

865

कल्की संवाददाता
२०८२ पुष १९

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पुस महिनामै विशेष महाधिवेशन हुने प्रस्ट पारेका छन्। कार्यसम्पादन समितिको बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै महामन्त्री थापाले महाधिवेशन प्रतिनिधिहरूलाई काठमाडौं आउने तयारी गर्न आग्रह गरे।

केन्द्रको जिम्मेवार नेताले विधानको पालना नगरे आफूहरू टुलुटुलु हेरेर बस्न नमिल्ने भन्दै थापाले विधानले दिएको अधिकार प्रयोग गरेर महामन्त्रीले विशेष महाधिवेशन बोलाउने प्रस्ट्याए।

‘देशभरका महाधिवेशन प्रतिनिधिहरूलाई आह्वान गर्न चाहन्छु– तपाईंहरू पुस मसान्तमा काठमाडौंमा विशेष महाधिवेशनमा आउनका लागि औपचारिक निम्तो केही दिनभित्रमा आउँछ। तर, विशेष महाधिवेशन हुन्छ भन्ने ठानेर काठमाडौं आउने तयारी गर्नुहोला,’ उनले भने।