कल्की संवाददाता काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।
देउवा निवास महाराजगन्जमा उनीहरूबीच भेटवार्ता भएको हो। भेटवार्ताका क्रममा संसद पुनर्स्थपनाको विषयमा उनीहरूबीच छलफल भएको थियो।
भेटमा एमालेका महासचिव शंकर पोखरेल र देउवा पत्नी आरजु राणा देउवा पनि सहभागी थिए।







