June 11, 2026, Thursday
२०८३ जेष्ठ २८
Nepal 1:37:26 pm
Trending

एकै परिवारका चारजना पाइलट

1.2K

कल्की संवाददाता
२०८२ पुष ५

एकै परिवारमा चार जना पाइलट हुने यस्तो संयोग कमै जुर्छ। काठमाडौँका गंगाप्रसाद रिजाल र उनका तीनै छोराहरू जहाज उडाउँछन्।

उनका जेठा छोरा सुवास, माइला छोरा सुदीप र कान्छा छोरा श्रवण पाइलट हुन्। सुवास अहिले नेपाल एयरलाइन्सको एयरबस ३२० उडाइरहेका छन्। कान्छा छोरा श्रवणले पनि नेपाल एयरलाइन्सकै एयरबस ३३० उडाउँछन्। माइला छोरा सुदीप पनि पहिले नेपाल एयरलाइन्सकै जहाज उडाउँथे, तर अहिले उनी संयुक्त राष्ट्रसंघमा कार्यरत छन्।

बुबा गंगाप्रसाद रिजाल पनि निगमका वरिष्ठ पाइलट थिए। यसरी चारै जना एउटै एयरलाइन्स, राष्ट्रिय ध्वजावाहक संस्थामा काम गरेको उदाहरण विरलै पाइन्छ। बुबाको सपना पछ्याउँदै पाइलट बनेका रिजाल परिवारको यो सफलता युवाहरूका लागि प्रेरणादायी बन्न सक्छ।