April 19, 2026, Sunday
२०८३ बैशाख ७
Nepal 1:37:26 pm
Trending

“बिहे भएको १४ दिनमै संसार छाडिन् ” शिक्षिका सुभद्राले

1K

कल्की संवाददाता
२०८२ मंसिर २३

काभ्रे, मण्डनदेउपुर–१२ रामपुरस्थित श्री जय सरस्वती आधारभूत विद्यालयमा अध्यापन गर्दै आएकी मेहनती शिक्षिका शुभद्रा सापकोटालाई यहि मङ्सिर ६ गते सिन्धुपाल्चोकको नेपाल परिवारसँग विवाह बन्धनमा बाँधिएकी सापकोटालाई माइतीले खुसीसाथ अन्माएर विदा गरेका थिए। शुभद्रा पनि आफ्नो बिहेमा असाध्यै खुसि थिईन् । तर नियतिले त्यो खुसी धेरै दिन टिक्न दिएन।

विवाह गरेर गएकी शुभद्रा घर छिर्न नपाउँदै सोही दिन अचानक पेट दुखेपछि अस्पताल भर्ना भईन् । उनको प्यान्क्रिएजको ग’म्भीर समस्या देखिएपछि काठमाडौँको वीर अस्पतालको आईसीयूमा १४ दिनसम्म जीवन मृ’त्युसँग संघर्ष गरेपछि मङ्सिर २० गते उनले अन्तिम सास लिईन।

शुभद्राको असामयिक निधनले समस्त विद्यालय परिवार र रामपुरबासी सबै स्तब्ध बनेका छन्।