September 12, 2026, Saturday
२०८३ भाद्र २७
Nepal 1:37:26 pm
Trending

अमेरिकी पूर्वी तटमा ठूलो हिमपात, ६ लाख घरमा बिजुली अवरुद्ध

925

कल्की संवाददाता
२०८२ फाल्गुन १२

अमेरिका । अमेरिकाको पूर्वी तटमा ठूलो आँधी र रेकर्ड तोड्ने हिमपातले लाखौं मानिसहरूलाई असर गरेको छ । अमेरिकी राष्ट्रिय मौसम सेवाका अनुसार, रोड आइल्याण्ड र म्यासाचुसेट्सका केही भागहरूमा लगभग ३७ इन्च हिउँ परेको छ, जबकि न्यूयोर्क शहरको सेन्ट्रल पार्कमा १९ इन्चभन्दा बढी हिउँ परेको बीबीसीले जनाएको छ ।

न्यूयोर्कमा यात्रा लगभग असम्भव छ । पूर्वी तटमा रहेका ६ लाखभन्दा बढी घर र व्यवसायमा बिजुली आपूर्ति अवरुद्ध भएको छ, जसमा न्यू जर्सी र म्यासाचुसेट्स सबैभन्दा बढी प्रभावित भएको समाचारमा उल्लेख छ ।

उडान ट्र्याकिङ वेबसाइट फ्लाइटअवेयरका अनुसार, अमेरिकाभित्र र अमेरिका जाने ५ हजार ७०६ भन्दा बढी उडानहरू रद्द गरिएका छन् ।  बोस्टनको लोगान अन्तर्राष्ट्रिय विमानस्थलले सोमबार ९२ प्रतिशत प्रस्थान उडानहरू रद्द गरेको छ । हिउँले मंगलबार पनि यस क्षेत्रमा प्रभाव पार्ने समाचारमा उल्लेख छ ।