कल्की संवाददाता काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले आफ्ना उद्देश्यहरू प्राप्त नभएसम्म इरानविरुद्धको आक्रमण जारी रहने बताएका छन् । केही समयअघि सार्वजनिक गरेको भिडियो सन्देशमा उनले भने, “सैन्य कारबाहीहरू पूर्ण शक्तिमा जारी छन् । हाम्रा सबै उद्देश्यहरू प्राप्त नभएसम्म जारी रहनेछन् ।”
राष्ट्रपतिले अगाडि भने, “दुःखको कुरा, अझै बढी अमेरिकी हताहत हुने सम्भावना छ, यथार्थ यही हो ।” ट्रम्पले अमेरिकाले अमेरिकी सैनिकको मृत्युको बदला लिने र इरानी शासनलाई सबैभन्दा कडा प्रहार गर्ने बताएका छन् ।
उनले अमेरिकाले केवल आफ्नो समय र स्थानको सुरक्षा सुनिश्चित गर्न मात्र नभई, आफ्ना छोराछोरी र उनीहरूका सन्ततिका लागि एउटा विशाल अभियान सञ्चालन गरिरहेको बताए । उनका अनुसार यो स्वतन्त्र मानिसहरूको कर्तव्य र भार हो ।







