October 25, 2026, Sunday
२०८३ कार्तिक १०
Nepal 1:37:26 pm
Trending

लगातार तेस्रो दिन पनि घट्यो सुन-चाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच?

320

कल्की संवाददाता
२०८३ आश्विन २९

काठमाडौँ । नेपाली बजारमा आज (बुधबार) पनि सुन-चाँदीको भाउ घटेको छ। मंगलबार तोलामा दुई हजार दुई सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला दुई हजार सात सय रूपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८९ हजार पाँच सय रूपैयाँमा किनबेच भइरहेको छ। मंगलबार सुन प्रतितोला दुई लाख ९२ हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो। यस्तै, बुधबार चाँदीको मूल्य पनि घटेको छ।

मंगलबार प्रतितोला चार हजार तीन सय ५५ रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा चार हजार दुई सय ५५ पाँच रूपैयाँमा किनबेच भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय रूपैयाँ घटेको हो। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार एक सय ६० अमेरिकी डलरमा कारोबार भइरहेको छ।