October 23, 2026, Friday
२०८३ कार्तिक ८
Nepal 1:37:26 pm
Trending

मध्यपूर्व तनावमा ७८७ बढीको मृत्यु

1.1K

कल्की संवाददाता
२०८२ फाल्गुन २०

काठमाडौँ । अमेरिकी सेनाको सेन्ट्रल कमान्डले शनिबारदेखि सुरु भएको सैन्य कारबाहीका क्रममा इरानमा झन्डै २ हजार शक्तिशाली आक्रमण गरेको दाबी गरेको छ । सेन्टकमका प्रमुख एडमिरल ब्राड कुपरका अनुसार यस अभियानमा इरानका १७ वटा पानीजहाज ध्वस्त पारिएको छ ।

भिडियो सन्देश जारी गर्दै कुपरले यसलाई सबैभन्दा ठूलो अमेरिकी सैन्य परिचालनका रूपमा चित्रण गरेका छन् । हाल यस अपरेसनमा ५० हजारभन्दा बढी सैनिक, २०० लडाकु विमान, दुईवटा विमानवाहक जहाज र बमवर्षक विमान सहभागी छन् ।