June 16, 2026, Tuesday
२०८३ असार ३
Nepal 1:37:26 pm
Trending

बालेनको घरमा झ्यालको ग्रिल तोडफोड

610

कल्की संवाददाता
२०८२ माघ १७

काठमाडौँ —राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) को काठमाडौं मण्डिखाटारस्थित घरको झ्यालमा तोडफोड भएको छ ।झ्यालको ग्रिल फुटाएको अवस्थामा देखिएको काठमाडौं उपत्यका प्रहरी कार्यालय प्रमुख एसएसपी रमेश थापाले जानकारी दिए । ‘ग्रिल फुटेको अवस्थामा भेटिएको छ,’ उनले भने, ‘आफन्तले जानकारी गराएपछि हामीले थप अनुसन्धान सुरु गरेका छौं ।’

चोरी गर्ने नियतले नै झ्यालको ग्रिल तोडफोड गरेको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको उनले बताए । घटनाबारे शुक्रबार बेलुका जानकारी आएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बालेनले गत माघ ४ गतेदेखि उक्त घर भाडा लिएका हुन् । बालेन आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि झापा–५ का उम्मेदवार हुन् । उनी चुनावी प्रचारका लागि हाल उपत्यकाबाहिरका कार्यक्रममा व्यस्त छन् ।