June 15, 2026, Monday
२०८३ असार १
Nepal 1:37:26 pm
Trending

बसको जस्तै टुक्रा सिमलताल नजिकै देखियो

690

कल्की संवाददाता
२०८२ पुष २७

काठमाडौं । चितवनको सिमलताल नजिकै बस जस्तै सवारीको टुक्रा देखिएको छ । सिमलतालबाट करिब २ सय मिटर तल पारिततर्फ बस जस्तै कुनै सवारीको टुक्रा देखिएको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी रवीन्द्र खनालले बताए  ।

‘बस जस्तै कुनै सवारीको टुक्रा भेटिएको खबर आएको छ । हाम्रो इन्स्पेक्टरको टोली घटनास्थल जाँदैछ । त्यसपछि मात्रै यकिन होला,’ डीएसपी खनालले भने । २८ असार २०८१ मा सिमलतालस्थित त्रिशूलीमा नदीमा दुई बस बेपत्ता भएका थिए ।

बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति र बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स त्रिशूलीमा खसेको थियो । बसमा सवार केही यात्रुको शव भेटिएको थियो भने केही यात्रु वेपत्ता थिए । अहिले देखिएको बस जस्तै सवारी यसअघि बेपत्ता भएका बस हुन् कि भन्ने आशंका गरिएको छ ।