October 24, 2026, Saturday
२०८३ कार्तिक ८
Nepal 1:37:26 pm
Trending

न्याय परिषद् बैठक भोलि १ बजे बस्दै

420

कल्की संवाददाता
२०८३ आश्विन १९

काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार केसीले न्याय परिषद् बैठक बोलाएका छन् । बैठक मंगलबार दिउँसो एक बजेका लागि बोलाइएको हो ।

सर्वोच्च अदालतमा रिक्त न्यायाधीश पदपूर्तिका लागि सिफारिस लगायतका विषयमा छलफल गर्न परिषद् बैठक बस्न लागेको स्रोतले बतायो । सर्वोच्च अदालतमा हाल चार न्यायाधीश पद रिक्त छन् ।

प्रधानन्यायाधीश मनोजकुमार शर्मा अध्यक्ष रहेको परिषद्‍मा कानुन मन्त्री सोविता गौतम, सर्वोच्चका वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल, महेशकुमार नेपाल र दामोदर खड्का सदस्य छन् ।