April 16, 2026, Thursday
२०८३ बैशाख ३
Nepal 1:37:26 pm
Trending

नवनिर्वाचित सांसदलाई रास्वापाले प्रशिक्षण दिने

160

कल्की संवाददाता
२०८२ चैत्र २

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना नवनिर्वाचित सांसदहरूलाई संसदीय अभ्यास र कार्यविधिको विषयमा प्रशिक्षित गर्ने भएको छ । पार्टीले मंगलबार र बुधबार गरी दुई दिने अभिमुखीकरण कार्यक्रमको आयोजना गर्न लागेको हो ।रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले दिएको जानकारीअनुसार दुवै दिन बिहान ठिक १० बजेदेखि प्रशिक्षण सुरु हुनेछ ।

हालै सम्पन्न निर्वाचनमा रास्वपाले प्रत्यक्षतर्फ १२५ सिटमा सानदार जित हासिल गरेको छ । त्यसैगरी, समानुपातिक पद्धतिबाट ५७ जना सांसदको नाम सिफारिस भइसकेको छ । यद्यपि, समानुपातिकतर्फका सांसदहरूलाई निर्वाचन आयोगले आधिकारिक रूपमा निर्वाचित भएको प्रमाणपत्र वितरण गर्न भने बाँकी नै छ ।

सांसदहरूको काम, कर्तव्य, अधिकारका साथै पार्टीको मूल नीति, दृष्टिकोण र आगामी कार्यदिशाबारे सुसूचित गराउने उद्देश्यले यो तालिम सञ्चालन गर्न लागिएको पार्टीले जनाएको छ । संसदीय मोर्चामा पार्टीको प्रस्तुतिलाई थप प्रभावकारी बनाउन र सबै सांसदको कार्यशैलीमा एकरूपता ल्याउन यो अभिमुखीकरण फलदायी हुने विश्वास लिइएको छ ।