June 16, 2026, Tuesday
२०८३ असार २
Nepal 1:37:26 pm
Trending

ट्रम्पले गरे म्याक्रोनको ‘प्राइभेट म्यासेज’ सार्वजनिक

765

कल्की संवाददाता
२०८२ माघ ७

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले पठाएको ह्वाट्सएप सन्देशको स्क्रिनसट सार्वजनिक गरेका छन्। सन्देशमा म्याक्रोनले लेखेका छन्, ‘मेरो साथी (डोनाल्ड), हामी सिरियामा पूर्ण रूपमा एकमत छौं। इरानमा हामी ठूला काम गर्न सक्छौं। तर ग्रीनल्याण्डमा तपाईं के गर्दै हुनुहुन्छ म बुझ्दिनँ।’

म्याक्रोनले ग्रीनल्याण्डबारे अमेरिकी रणनीति नबुझेको बताएका छन्। उनले ट्रम्पसँग दुई प्रस्ताव राखेका छन्:
पहिलो डाभोसको विश्व आर्थिक मञ्च सम्मेलनपछि बिहीबार पेरिसमा जी–७ बैठक बोलाउने रहेको छ। त्यसमा युक्रेन, डेनमार्क, सिरिया र रूसलाई पनि सामेल गराउने उनको भनाइ छ। त्यस्तै दोस्रो ट्रम्प अमेरिका फर्किनुअघि पेरिसमा सँगै खाना (डिनर) खाने रहेको छ।