October 23, 2026, Friday
२०८३ कार्तिक ८
Nepal 1:37:26 pm
Trending

ओमान र टर्कीमा भएका आक्रमणमा इरानको हात नभएको दाबी : नेता खामेनी

535

कल्की संवाददाता
२०८२ चैत्र ७

काठमाडौँ — इरानी सुप्रीम लीडर मोजतबा खामेनेईले आफ्नो एक लिखित सन्देशमा टर्कीए र ओमानका केही क्षेत्रमा भएका आक्रमण इरानका तर्फबाट नभएको दाबी गरेका छन् ।

फारसी नयाँ वर्षको अवसरमा उनले जारी गरेको सन्देश सरकारी टेलिभिजनमा पढेर सुनाइएको थियो । दुई पृष्ठको उक्त सन्देशमा उनले इरान आफ्ना पूर्व छिमेकीहरुलाई निकै नजिकको मान्ने गरेको बताएका छन् । यस्तै पाकिस्तानलाई आफ्ना पिता अली खामेनेईको विशेष प्रकारले मन पर्ने देश बताएका छन् । उनले पाकिस्तान र अफगानिस्तानबीच राम्रो सम्बन्धका लागि आह्वान गर्दै आफ्ना तर्फबाट आवश्यक कदम उठाउन तयार रहेको पनि बताएका छन् ।