May 31, 2026, Sunday
२०८३ जेष्ठ १८
Nepal 1:37:26 pm
Trending

एभर्टनमाथि म्यानचेस्टर युनाइटेडको सानदार जित

530

कल्की संवाददाता
२०८२ फाल्गुन १२

काठमाडौँ। इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेडले एभर्टनमाथि जित हासिल गरेको छ। प्रिमियर लिग अन्तर्गत मंगलबार युनाइटेडले एभर्टनलाई १–० गोल अन्तरले हराएको हो।

म्यानचेस्टर युनाइटेडको जितमा खेलको ७१औं मिनेटमा बेन्जामिन सेस्कोले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो।

यो जितपछि म्यानचेस्टर युनाइटेडको २७ खेलमा ४८ अंक भएको छ र लिगमा चौथो स्थानमा कायम रहेको छ । त्यसैगरी एभर्टनको भने २७ खेलमा ३७ अंक रहेको छ र लिगमा नवौं स्थानमा रहेको छ ।