October 24, 2026, Saturday
२०८३ कार्तिक ८
Nepal 1:37:26 pm
Trending

आगामी निर्वाचनमा राष्ट्रपतिद्वारा सेना परिचालनको लागि स्वीकृति

1.7K

कल्की संवाददाता
२०८२ मंसिर ११

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सेना परिचालन गर्न राष्ट्रपति रामचन्द्र पौडेलले स्वीकृति दिएका छन् ।

राष्ट्रपति कार्यालयले एक विज्ञप्ति प्रकाशित गरी सरकारलाई चुनावी प्रयोजनका लागि सेना परिचालन गर्न अनुमति दिएको जानकारी दिएको छ ।

“सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले प्रधानमन्त्रीको सिफारिस तथा नेपाल सरकार, मन्त्रिपरिषद्‌को मिति २०८२/०८/०८ गतेको निर्णयमा उल्लेख भए बमोजिम हुने गरी सम्वत् २०८२ साल फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्न सुरक्षा व्यवस्थाका लागि नेपाली सेना परिचालन गर्ने स्वीकृति प्रदान गर्नु भएको छ,” राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

भनिएको छ ।

8-11_सेना-परिचालन_Final_Scan_20251127-1764239053.jpg