June 19, 2026, Friday
२०८३ असार ५
Nepal 1:37:26 pm
Trending

२७ वटा अन्तर्राष्ट्रिय उडान आइतबारका लागि रद्द

740

कल्की संवाददाता
२०८२ फाल्गुन १८

काठमाडौं । आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने २७ वटा उडान रद्द भएका छन् । मध्यपूर्व क्षेत्रमा देखिएको तनावका कारण नेपालबाट ती क्षेत्रमा जाने उडान रद्द भएको विमानस्थल कार्यालयले जनाएको छ । आइतबार कुल ७१ वटा अन्तर्राष्ट्रिय उडान भएका छन् । यो प्रस्थान र आगमन सहितको संख्या हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतारको हमाद, संयुक्त अरब इमिरेट्स (यूएई)को दुबई र शारजाह, साउदी अरेबियाको किङ खालिद र किङ फहद, कुवेतको कुवेत विमानस्थल तथा ओमानको मस्कट विमानस्थलमा उडान हुँदै आएका थिए । यी सबै गन्तव्यमा हुने प्रस्थान र आगमन अहिले रोकिएको छ ।