April 20, 2026, Monday
२०८३ बैशाख ७
Nepal 1:37:26 pm
Trending

हप्ता दिन नपुग्दै फुट्यो रास्वपा, कुलमानको उज्यालो नेपाल पार्टी पुग्यो निर्वाचन आयोग !

1.2K

कल्की संवाददाता
२०८२ पुष १९

काठमाडौँ । हप्ता दिन नपुग्दै राष्ट्रिय स्वतन्त्र पार्टी र उज्यालो नेपाल पार्टीबीच भएको एकता तोडिएको छ । पार्टी एकतामा हस्ताक्षर गरेका उज्यालो नेपालका अध्यक्ष अनुपकुमार उपाध्यय नै छुट्टै समानुपातिक सूची पेश गर्न निर्वाचन आयोग पुगेसँगै पार्टी एकतामा खटपट सुरु भएको खुलासा भएको छ ।

कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपालका अध्यक्ष अनुपकुमार, केन्द्रीय सदस्य श्री गुरुङ लगायत नेताहरु समानुपातिक सूची पेश गर्न पाउँ भन्दै निर्वाचन आयोग पुगेका हुन् । रास्वपाको समानुपातिक बन्द सूचीमा उज्यालो नेपालको तर्फबाट १८ जना भनिएपनि जम्मा १४ जना रहेका छन् । समानुपातिक सूचीको भागबण्डामा कुरा नमिलेपछि कुलमानकै निर्देशनमा उनीहरु उज्यालो नेपालबाट छुट्टै समानुपातिक सूची पेश गर्न निर्वाचन आयोग पुगेको उच्च स्रोतले बताएको छ । रास्वपाले आफूहरुसँग मिल्न भन्दा पनि निल्न खोजेको भन्दै उज्यालो नेपाल पार्टीका नेताहरुले तत्काल एकता सहमित भंग गर्नुपर्ने दबाब दिइरहेका छन् ।