September 12, 2026, Saturday
२०८३ भाद्र २७
Nepal 1:37:26 pm
Trending

श्री एयरलाइन्सको जहाज धनगढीमा अवतरण हुन नसक्दा काठमाडौँ फिर्ता

1.1K

कल्की संवाददाता
२०८२ फाल्गुन ५

काठमाडौँ। काठमाडौँबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाज अवतरण हुन नसकेपछि मध्यरातमा काठमाडौँ फिर्ता भएको छ।

गन्तव्यमा अवतरण हुन नसकेपछि जहाज काठमाडौँ फर्कँदा यात्रु अलपत्र परेका हुन्। सो जहाजमा रहेका सञ्चारकर्मी रोयल आचार्यले जहाज अवतरण हुन नसकी काठमाडौँ फर्कँदा विमानस्थलमा केही बेर यात्रुले असन्तुष्टि जनाएको बताए।

एयरलाइन्सका कर्मचारी सागर पौडेलले टिकट फिर्ता गर्न चाहने यात्रुको पैसा फिर्ता गर्ने र जान चाहने यात्रुलाई मङ्गलबार बिहानको उडानमा धनगढी पठाइने जानकारी दिए।

उक्त जहाज धनगढीका लागि काठमाडौँबाट ९ः४५ बजे उडेको थियो। धनगढी विमानस्थल अवतरणका लागि पटक पटक प्रयास गर्दासमेत सम्भव नभएपछि राति १२ः०० बजे जहाज काठमाडौँ फिर्ता भएको थियो। उडानमा चालक दलका सदस्यसहित ८० यात्रु थिए।