June 19, 2026, Friday
२०८३ असार ६
Nepal 1:37:26 pm
Trending

शान्तिपूर्ण रूपमा देशभरका परीक्षा केन्द्रमा आजबाट एसइई सुरु

485

कल्की संवाददाता
२०८२ चैत्र १९

काठमाडौँ । यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आजदेखि देशभरका एक हजार ९६६ परीक्षा केन्द्रमा शान्तिपूर्ण रूपमा सुरु भएको छ, जसमा ५ लाख १२ हजारभन्दा बढी विद्यार्थी सहभागी छन्।

आज पहिलो दिन अङ्ग्रेजी विषयको परीक्षामा विद्यार्थी सामेल भएका छन्। परीक्षा यही चैत २९ गतेसम्म हुने छ। परीक्षामा पाँच लाख १२ हजार ४२१ जना सहभागी छन्। जापानको एक परीक्षा केन्द्रमा २३ जना सहभागी भएका छन्। परीक्षामा नियमिततर्फ चार लाख ४१ हजार ५६६ जना र ग्रेडवृद्धितर्फ ७० हजार ८५५ जना सहभागी छन्।

तीन घण्टाको परीक्षामा अतिरिक्त समय आवश्यक पर्ने अपाङ्गता भएकाहरुलाई थप एक घण्टा ३० मिनेटको व्यवस्था गरिएको छ। त्यसैगरी, उनीहरूलाई लेखन सहयोगीका रूपमा कक्षा ९ सम्म अध्ययन गरेकालाई अनुमति दिइएको छ।