June 18, 2026, Thursday
२०८३ असार ५
Nepal 1:37:26 pm
Trending

विराटनगरलाई हराउँन सुदूरपश्चिमको मास्टर प्लान ! डुप्लेसीलाई रोक्ने सन्दीपलाई ठोक्ने

1K

कल्की संवाददाता
२०८२ मंसिर २३

एनपिएलको पहिलो क्वालिफायरको खेल लिग चरणमा शीर्ष दुई स्थानमा रहेका सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्स बिच आज दिउँसो ४ बजेदेखि प्रतिस्पर्धा गर्दैछन् । गत संस्करण पनि अंकतालिकामा सबैभन्दा शीर्षस्थानमा रहेर प्लेअफ खेलेको सुदूरपश्चिम रोयल्सले यस संस्करण पनि टेबल टपरका रूपमा प्लेअफ खेल्दै छ । सुदूरपश्चिमले सुरुवाती ६ खेलमा लगातार जित निकालेर शीर्षस्थानमै आसीन रहने पक्का गरेको थियो । लिग चरणको अन्तिम खेलमा भने विराटनगर किङ्ससँग पराजित भयो ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान एवम् अलराउन्डर दीपेन्द्रसिंह ऐरी कप्तान रहेको सुदूरपश्चिम ब्याटिङ, बलिङ र फिल्डिङ तीनवटै पक्षमा अब्बल देखिएको छ । बिराट नगरसँग खेल्नु अगाडी सुदूरपश्चिम पाकिस्तानी ब्याटर मुख्तार अहमद र भारतीय ब्याटर शेल्डन ज्याकसनलाई टोलिमा भित्र्याएको छ । जसले विराटनगर किंग्सका कप्तान सन्दिप लामिछानेको धुलाई गर्ने पक्का जस्तै छ। त्यस्तै लिग चरणको अन्तिम खेलमा सुदूरपश्चिम विरुद्ध १९ बलमै अर्धशतक बनाएका फाप डुप्लेसलाई रोक्न योर्कर किङ अविनाश बोहोरा तयार छन् । समग्रमा भन्नुपर्दा आजको खेलमा सुदूरपश्चिमको जित्ने सम्भावना अत्याधिक रहेको छ।