June 19, 2026, Friday
२०८३ असार ५
Nepal 1:37:26 pm
Trending

रास्वपा सभापति लामिछाने र राप्रपा अध्यक्ष लिङ्देनबिच भेटवार्ता

840

कल्की संवाददाता
२०८२ पुष २४

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनबिच भेटवार्ता भएको छ । उनीहरूबिच पछिल्लो राजनीतिक अवस्था, फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन लगायतका विषयमा छलफल भएको जनाइएको छ ।

अघिल्लो दिन अध्यक्ष लिङ्देनले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटवार्ता गरेका थिए । राप्रपा पुस २७ गते पृथ्वी जयन्तीको अवसरमा चियापान कार्यक्रम आयोजना गर्दै आएको छ । सोही कार्यक्रमका लागि अध्यक्ष लिङ्देनले अन्य दलका शीर्ष नेताहरूसँग भेटघाट गर्दै निम्तो वितरण गर्ने प्रक्रिया अगाडि बढाइरहेका छन् ।