June 1, 2026, Monday
२०८३ जेष्ठ १८
Nepal 1:37:26 pm
Trending

महेश बस्नेत र दुर्गा प्रसाई दोषी ठहर, जेल सजाय र जरिवाना हुने फैसला!

965

कल्की संवाददाता
२०८२ पुष २२

काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेत र अभियन्ता दुर्गा प्रसाईविरुद्ध अदालतले गाली बेइज्जती सम्बन्धी मुद्दामा दोषी ठहर गर्दै जेल सजाय र जरिवाना तोक्ने फैसला गरेको छ । महेश र दुर्गालेले एक अर्काविरुद्ध दायर गरेको गाली बेइज्जती सम्बन्धी मुद्दामा दुवैको दाबी पुग्ने जिल्ला अदालत भक्तपुरले फैसला गरेको छ । भक्तपुर जिल्ला अदालतका न्यायाधीश नवराज दाहालको इजलासले सोमबार दुवैले एक अर्काविरुद्ध हालेको मुद्दामा माग बमोजिमको दावी पुग्ने फैसला गरेको हो ।

महेशले प्रसाईविरुद्ध २०८० कात्तिक १७ र दुर्गाले महेशविरुद्ध कात्तिक ११ गते गाली बेइज्जती मुद्दा दर्ता गराएका थिए । फैसलामा के सजाय हुने भन्ने आइसकेको छैन् । दुवैले कैद र जरिवाना सजायको माग गरेका थिए । अहिलेसम्म कति जेल सजाय र जरिवाना भन्ने खुलेको छैन् । तर उनीहरुले जिल्ला अदालतको फैसलाविरुद्ध उच्च अदालतमा पुनरावेदन दिन सक्नेछन् । उच्च अदालतमा गएर दुवै पक्ष मिलापत्र गर्न पाउने सुविधा पनि हुनेछ ।