June 15, 2026, Monday
२०८३ असार २
Nepal 1:37:26 pm
Trending

प्रसिद्ध गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

1.5K

कल्की संवाददाता
२०८२ पुष २७

काठमाडौं । प्रसिद्ध गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ । चलचित्रकर्मी राजेश घतानीका अनुसार दिल्लीस्थित आफ्नै निवासमा आज निधन भएको हो । तामाङ भारतीय टेलिभिजन च्यानल सोनी इन्टेर्टेन्मेन्ट टिभिबाट प्रसारण गरिएको “ईण्डियन आइडल सिजन–३” नामक कार्यक्रममा विजयी हुने प्रथम नेपाली मूलका भारतीय हुन् उक्त कार्यक्रमामा भाग लिने उनी पहिला भारतीय प्रहरिका जवान पनि हुन्।

प्रशान्तका पिताको प्रहरिमै रहेक बेला सवारी दुर्घटनामा निधन भएको थियो । प्रशान्तको जन्म भारतमा दार्जीलिङको तुङ्सुङ भन्ने ठाउँमा भएकाे हाे ।

नेपाली चलचित्र गोर्खा पल्टनमा अभिनय गर्नुका साथै प्रशान्त तामाङले परदेशी फिल्ममा पनि अभिनय गरिसकेका छन् ।उनलाई नेपाल सरकारले सन् २०१० अक्टोबरमा नेपाल पर्यटन वर्ष २०११को सदभावना राजदूत समेत नियुक्त गरेकाे थियाे।