June 19, 2026, Friday
२०८३ असार ५
Nepal 1:37:26 pm
Trending

नेपकका एमालेको एघारौँ महाधिवेशनमा केपी ओली तेब्बर मतले पोखरेललाई उछिन्निँदै अगाडि

955

कल्की संवाददाता
२०८२ पुष ३

नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि भएको मतदानको मतगणना जारी छ। पछिल्लो मतपरिणाम अनुसार अध्यक्षका उम्मेदवार केपी शर्मा ओली आफ्ना प्रतिद्वन्द्वी ईश्वर पोखरेल भन्दा झन्डै तेब्बर मतले अगाडि रहेका छन्।

अध्यक्षका उम्मेदवार ओलीले १६६३ मत ल्याउँदा पोखरेलले ५६४ मत ल्याएका छन्। बुधबार बिहानबाट भएको मतदानमा २२६३ मध्ये २२२७ जना महाधिवेशन प्रतिनिधिहरूले मतदान गरेका थिए। मतदानमा ३६ जना प्रतिनिधि अनुपस्थित भएका थिए।