June 18, 2026, Thursday
२०८३ असार ४
Nepal 1:37:26 pm
Trending

नेकपाले काठमाडौं क्षेत्र नम्बर–७ बाट युवा उम्मेदवार सिफारिस गर्याे

1.7K

कल्की संवाददाता
२०८२ पुष ११

काठमाडौं । प्रतिनिधि सभा चुनावको लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले  काठमाडौंबाट युवा उम्मेदवार सिफारिस  गरेको छ । काठमाडौं क्षेत्र नम्बर–७ बाट शिव कोइराला (ज्वाला) लाई प्रत्यक्षतर्फ पहिलो नम्बरमा सिफारिस गरेको  हो । काेईराला राखेपाका निवर्तमान उपाध्यक्ष पनि हुन् ।

समानुपातिकतर्फ सुजन लामा सिफारिस भएका छन् । सुजन लामाले समाजसेवी र युवा व्यवसायीको रूपमा काम गर्दै आएका छन् । उनले भनेका छन्, ‘अब देशमा कुरा युवाको मात्र होइन, सक्षम युवाको पनि हुनुपर्छ ।’

नेकपाले प्रत्यक्षतर्फ र समानुपातिकतर्फ युवा उम्मेदवार सिफारिस गर्नु यस चुनावमा महत्त्वपूर्ण भूमिका खेल्ने देखिएको छ ।