June 19, 2026, Friday
२०८३ असार ६
Nepal 1:37:26 pm
Trending

धादिङमा चट्याङ लागेर गोरखाकी एक बालिकाको ज्यान गयो : दुई जना घाइते

795

कल्की संवाददाता
२०८२ फाल्गुन १३

धादिङ – धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–३ मूलपानी खुर्सानीटारमा चट्याङले लागेर गोरखा बुंकोटकी एक बालिकाको ज्यान गएको छ । दुई जना घाइते भएका छन् ।

हिजो दिउँसो परेको चट्याङले लागेर शहिद लखन गाउँपालिका–८ बुंकोटकी १२ बर्षीया दिलिशा घर्तीमगरको ज्यान गएको आरुघाट आधारभूत अस्पतालले जनाएको छ । साथै चट्याङ लागेर त्यही ठाउँका १३ वर्षीया दीक्षा घर्तीमगर र भीमसेन थापा गाउँपालिका–६ का २४ वर्षीय वीरेन्द्र थापामगर घाइते हुनुभएको छ ।

घाइते दीक्षा र वीरेन्द्रलाई थप निगरानी र विशेष उपचारका लागि काठमाण्डौ रिफर गरिएको आरुघाट अस्पतालका मेडिकल अधिकृत डा. कुशल अधिकारीले निकालेको विज्ञप्तीमा उल्लेख छ ।