June 16, 2026, Tuesday
२०८३ असार २
Nepal 1:37:26 pm
Trending

झापा क्षेत्र नम्बर २ मा अधिवक्ता स्वागत नेपाल राप्रपाबाट उम्मेदवार

605

कल्की संवाददाता
२०८२ माघ ४

काठमाडौँ । अधिवक्ता स्वागत नेपाल राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) बाट प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवार बन्ने भएका छन् । उनी झापा क्षेत्र नम्बर २ बाट आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार बन्ने राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार भोलि बिहान साढे ११ बजे राप्रपा केन्द्रीय कार्यालयमा उम्मेदवारी घोषणा कार्यक्रम छ। प्रवक्ता श्रेष्ठले राप्रपालाई बलियो राष्ट्रवादी केन्द्र र निर्णायक राजनीतिक शक्तिको रूपमा जबरजस्त अघि बढाउने बताए ।