June 12, 2026, Friday
२०८३ जेष्ठ २९
Nepal 1:37:26 pm
☰ कल्की खबर
Trending

चितुवाको आक्रमणबाट एकको मृत्यु

915

कल्की संवाददाता
२०८२ माघ २२

काठमाडौं । चितुवाको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ। सामुदायिक वनमा घाँस काट्न गएका बेला चितुवाले आक्रमण गर्दा एक जनाको बिहीबार दिउँसो मृत्यु भएको हो। गुलरिया नगरपालिका–४ तुल्सिपुरका अन्दाजी ३५ वर्षीय नन्दु रोकायको चितुवाको आक्रमणबाट मृत्यु भएको छ।

बारबर्दिया नगरपालिका–११ बेलभारस्थित जनजागृति सामुदायिक वनमा घाँस काटिरहेको बेला चितुवाले एक्कासी घाँटीमा आक्रमण गर्दा घटनास्थलमै रोकायको मृत्यु भएको डिएसपी देबेन्द्र कुमार मल्लले जानकारी दिए।