June 19, 2026, Friday
२०८३ असार ५
Nepal 1:37:26 pm
Trending

चितवनमा मोटरसाइकल दुर्घटनामा परि एकको मृत्यु

685

कल्की संवाददाता
२०८२ माघ १५

चितवनको भरतपुर महानगरपालिका–१४ राधापुर नहरमा गएराति मोटरसाइकल खस्दा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार भरतपुर महानगरपालिका–१६ का ४० वर्षीय विनोद सुवेदीको मृत्यु भएको हो ।

गम्भीर घाइते भएका सुवेदीको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । शव परीक्षणका लागि सोही अस्पतालमा राखिएको छ ।